रौतहट साउन १९ । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक स्थानीय किसानको ज्यान गएको छ।
५५ वर्षीय शेख जाफिर आफ्नै खेतमा मोटरबाट सिँचाइ गरिरहेका बेला करेन्ट प्रवाहित तारको सम्पर्कमा आएर गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई तत्कालै गौरस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले राति पौने ११ बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटना आइतबार राति साढे ९ बजे भएको हो। मृतकको शव हाल पोस्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ भने, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
