मकवानपुरमा पत्नी हत्या प्रकरण: पति प्रहरी फन्दामा

हेटौँडा साउन १७ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्ति आफ्नी ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको हत्या गरेको अभियोगमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, दुर्गालक्ष्मी पक्षघातका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। मानबहादुर ससुरालीमै बस्दै आएका थिए। प्रहरी नायब उपरीक्षक ९डिएसपी० श्यामु अर्यालले घरमा कोही नभएको मौका छोपी मानबहादुरले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए।

पक्राउ परेका मानबहादुरले मानसिक तनावका कारण हत्या गरेको बयान दिएका छन्। उनले आफू पनि आत्महत्या गर्न झुण्डिएका तर डोरी चुडिएपछि ज्यान बाँचेर प्रहरी सम्पर्कमा आएको बताएका छन्। दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौँडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ