काडमाडौँ साउन १४ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १४ सय रुपैयाँले बढी हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि १० रुपैयाँको वृद्धि भएको छ। हाल चाँदीको भाउ प्रतितोला २ हजार ३ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ। भाउमा आएको यो वृद्धिसँगै सुनचाँदी बजारमा चहलपहल बढ्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागको उतारचढावसँगै मूल्य समायोजन भइरहेको व्यवसायीहरूको भनाइ छ।
