साँझ परेपछि मिथिलाञ्चलका मन्दिरहरूमा झुलाको झंकार

जनकपुरधाम साउन १४ । साँझपख जनकपुरधामसहित मिथिलाञ्चलका मठमन्दिरहरू झुलाका झंकारले गुञ्जिन थालेका छन्। साउन शुक्ल तृतीयाबाट सुरु भएको झुलनोत्सवले पुनः एकपटक भक्ति र सांस्कृतिक उत्सवको रंगत ल्याएको छ। जानकी मन्दिरदेखि साना मठहरूमा समेत झुला झुलाउने तयारीसँगै मिथिलाको परम्परागत धार्मिक र सांगीतिक चेतना पुनः जीवन्त बन्न थालेको छ।

भगवान सीताराम र राधाकृष्णलाई विशेष सिंगारिएका सिंहासनमा राखी झुलाउने झुलनोत्सव भाद्र प्रारम्भसम्म चल्ने परम्परा छ। जानकी मन्दिरका उत्तराधिकारी महत्थ रामरोशन दास वैष्णवका अनुसार झुलनोत्सव केवल झुलाउने कर्म नभई जन–मनमा कथा, कीर्तन र भजनको माध्यमबाट धार्मिक चेतनाको सन्देश फैलाउने महत्वपूर्ण परम्परा हो।

तर झुलाको झंकार जस्तै, त्यो संगै गुञ्जिने मिथिलाको मौलिक कजरी र मलार जस्ता लोकधुनहरू भने विस्तारै मौन बन्दै छन्। ूमणिपर्वत विधिबाट सुरु हुने यो उत्सव पछिल्लो दुई दशकमा ओझेल पर्दै गएको छ,ू वैष्णवको भनाइ छ। माओवादी द्वन्द्वपछिको सामाजिक र सांस्कृतिक संक्रमणले गर्दा झुलनोत्सवको मूल आत्मा नै धमिलिएको तितो यथार्थ उनले बताए। ूतीनै तहको सरकारले हिन्दु धर्म र परम्परालाई संरक्षणमा चासो देखाएको देखिँदैन, उनले भने।

यद्यपि, मिथिलाञ्चलको समाज भने अझै पनि परम्पराको धागो समातेर उत्सव मनाइरहेको छ। झुलनोत्सवको समापन साउन शुक्ल पूर्णिमाको रातमा विशेष विधिबाट झुला काट्नेु परम्परासँगै गरिन्छ — जुन मिथिला धर्म र संस्कृतिमा नयाँ अध्यायको सुरुवातजस्तै मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ