प्रचण्डको निर्देशनस् संघ–संस्थामा हस्तक्षेप र मौलिक सोचसहित सन्चालन गरौं

काठमाडौँ साउन १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले सामाजिक संघ–संस्थामा हस्तक्षेप बढाउँदै माओवादी विचारअनुसार सन्चालन गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। काठमाडौंमा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया’ कार्यक्रममा प्रचण्डले परम्परागत शैलीमा चलिरहेका संघ–संस्थामा माओवादीले फरक र सकारात्मक हस्तक्षेप गर्नुपर्ने बताए।

उनले सहकारी र संघसंस्थामा देखिएको भ्रष्टाचारको दोष परम्परावादी ठूला दलहरूमा लगाउँदै, माओवादीले यस्तो संस्थामा स्पष्ट नीति, कार्यदिशा र जनताले महसुस गर्ने फरकपन देखाउनुपर्ने बताए। प्रचण्डका अनुसार, सहभागी नेता–कार्यकर्ताले असुरक्षाको कारण खुलेर भूमिका नखेलेको अवस्था बदलिनु जरुरी छ। उनले विदेशी दातृ निकायको बजेट व्यवस्थापनसमेत सरकारमार्फत गर्न पहल भइरहेको बताए।

उनले जोड दिए, “माओवादीको विचार, त्याग र तपस्यालाई व्यवहारमा उतार्दै सामाजिक संस्थामा नेतृत्व लिनुपर्छ, ताकि माओवादी पार्टी अरुभन्दा फरक हो भन्ने जनताले अनुभव गर्न सकून्।”

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ