काठमाडौं,
जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको छ। बैठकले हाल कार्यरत सरकारको समग्र कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाउँदै महत्वपूर्ण समिक्षात्मक निर्णयहरू सार्वजनिक गरेको छ।
संसदीय दलले सार्वजनिक गरेको समिक्षा अनुसार, वर्तमान सरकारले जनताप्रति सुशासनको प्रत्याभूति गराउन पूर्णरूपमा असफल भएको निष्कर्ष निकालिएको छ। जसपाका अनुसार, सरकार जनताको आधारभूत अपेक्षा सम्बोधन गर्न असमर्थ देखिएको छ।
बैठकमा प्रस्तुत गरिएको निर्णयपत्रमा उल्लेख गरिएको छ,
वर्तमान सरकारको हालसम्मको कार्यको निम्नानुसार समिक्षा गरी निर्णय गरेको छ ।
वर्तमान सरकारले,
१. जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु ।
२. भ्रष्टाचार, अनियमित्तता, दण्डहीनता, कमिशनतन्त्र र विचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु ।
३. मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु । असन्तुलित र पूर्वाग्रहीत रूपले आ.ब.२०८२/८३ को बजेट ल्याउने कार्य गर्नु ।
४. संघीयता कार्यान्वन गर्न कुनै ठोस प्रयास नगर्नु ।
५. कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिवी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु ।
६. स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु ।
७. समानतामा आधारीत न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासि जनजाति, दलित, महिला, पिछडावर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु ।
८. मधेश, थरूहट, किरता– लिम्वुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाई नगर्नु ।
९. संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नग
र्नु ।
१०. कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिंचाई, मलखाद्य, विऊ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु ।
११. वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु ।
आदि कारणले के.पी. शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त बिपक्षमा बस्ने निर्णय गरियो ।
प्रतिक्रिया
