जनमत नेतृत्वको सरकारले आफनो निति कार्यक्रममा मधेश आन्दोलन र जनयुद्धलाई छुटाएको भन्दै संशोधन प्रस्ताव जनता समाजावदी पार्टीका प्रमुख सचेतक राम अशिष यादवले दर्ता गराएका थिए । मुख्यमन्त्रीले भने मधेस आन्दोलन र जनयुद्धको विषयमा मौन देखिएका थिए । सभामुख रामचन्द्र मण्डलले राम अशिष यादवलाई संसोधन प्रस्ताव फिर्ता लिन समय दिएका थिए तर यादवले मधेश आन्दोलनको विषयमा जनमत सरकार किन मौन भन्दै प्रश्न गरेका थिए । तर यस विषयमा मुख्यमन्त्री बोल्नुको साटो टुलुटुलु हेरेका थिए । उनले मधेश आन्दोलन र जनयुद्धको विषयमा केही बोलेन । त्यसपछि रामअशिष यादवले मधेस आनदोलनको शब्द सहभागि नभएपछि आफनो प्रस्ताव फिर्ता नलिने अडान दोर्हाएका थिए । त्यसलाई निर्णयार्थ पेश गरिए मधेस आन्दोलनलाई शब्द राख्ने भने कुरालाई ध्वानी मतव्दारा असफल पारियो ।यसबाट समेत जनमत नेतृत्वको सरकार कसको ईसारामा चलिरहेको छ भन्ने कुरा समेत प्रष्ट भएको छ ।
जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादव, किरण कुमारी र सञ्जय यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए। यादव र किरण कुमारीको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएको हो। सञ्जय यादव भने अनुपस्थित रहेकाले उनको प्रस्ताव निर्णयार्थ प्रस्तुत भएन।
यस्तै, नेकपा माओवादी केन्द्रकी सांसद मालाकुमारी कर्णले मुख्यमन्त्री सिंहले सम्बोधनको क्रममा आफ्नो बुँदामा ‘टच’ नगरेको भन्दै संशोधन प्रस्ताव फिर्ता नलिएपछि उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भयो।
