काठमाडौं–राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राखेर राजावादीहरु सडकमा निस्किएका छन्।राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन अहिले शान्ति बाटिका केन्द्रित हुँदैछ।यो आन्दोलनको संयोजन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतिदेवीबाट निस्किएको जुलुसको नेतृत्व गर्दै शान्तिबाटिकामा पुगेका छन्। नवराज सुवेदी, कमल थापालगायतका नेताहरू पनि फरक-फरक ठाउँबाट शान्तिबाटिकामा पुगिसकेका छन्।
आजको राजावादी प्रदर्शनमा धेरै नेताहरूले विभिन्न रंगका छाता ओडेका छन्। काठमाडौंमा अहिले पानी परेको छैन, घाम भने चर्किएको छ। तर, व्यवस्था बदल्ने आन्दोलनमा हिँडेकाहरू यस्तो घामसँग नडराउनुपर्ने हो। त्यसो भए छाता किन ओढियो त ?
