रास्वपाले भन्योः एमाले–कांग्रेस मिल्दा देश झन् बिग्रियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले कांग्रेस–एमाले मिल्दा देशको अवस्था झन् बिग्रिएको टिप्पणी गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अर्यालले दुई दल मिल्दा सुशासन कायम र भ्रष्टाचार अन्त्यको कल्पना गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन् ।
उनले भने, ’ती दल मिल्दा त बिग्रिँदो रहेछ। सुशानसन कायम र भ्रष्टाचार अन्त्यको त कल्पनै गर्न नसकिने अवस्थामा पुग्यो ।’
अर्यालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै संवैधानिक व्यवस्थाबाहिर गएर जबर्जस्ती गरे देश द्वन्द्वमा धकेलिने बताए ।
’हाम्रो संविधानले कसैको आगमन र बहिर्गमनका लागि वैधानिक बाटो निर्दिष्ट गरेको छ। त्यसको प्रयोग गरेर जनमतमार्फत जो पनि शासनमा आऊजाऊ गर्न सक्छन्,’ उनले भने, ’योभन्दा अर्को बाटो कसैले सोचेको छ र त्यसमा जबरजस्तीको प्रयास भयो भने फेरि मुलुक द्वन्द्वतर्फ उन्मुख हुनेमा हामी सबैले ख्याल गर्नुपर्छ ।’
उनले अहिलेको मुख्य एजेन्डा रूपान्तरणका बाधकहरूको अन्त्य भएको सुनाए । ’अहिलेको मूल एजेन्डा रूपान्तरणका बाधक, परिवर्तनका अवरोधक र विकृतिका कारकहरूको अन्त्य हो। सुधारको सुरुवात संविधान सच्याएर गर्नुपर्छ,’ उनले भने ।
उनले संविधान संशोधनबारे सरकारले विपक्षीसँग संवाद नै नगरेको गुनासो पनि गरे। अर्यालले गर्भनर नियुक्ति, शिक्षकको आन्दोलन र शिक्षामन्त्रीको राजीनामाले सरकारले लाज ढाक्ने नसकेको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ