सडक दुर्घटनाले पाल्पामा तीन जनाको ज्यान लियो

पाल्पा कार्तिक १३ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ पिपल भञ्ज्याङमा आज दिउँसो भएको विद्युतीय गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

अमलावासबाट मेहलढापतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ००९१ नम्बरको गाडी सडकबाट खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेमा चालक ३४ वर्षीय कमल रायमाझी छहरा अमलावास, ३७ वर्षीय मुक्तबहादुर बुढाथोकी रैनादेवी छहरा–१ सिद्धेश्वर र ४१ वर्षीय रामबहादुर गाहा छहरा–४ मेहलढाप रहेका छन्।

प्रहरीका सूचना अधिकारी कमल प्रधानका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका ती तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनाग्रस्त गाडी सडकबाट गहिरो खोल्सामा खसेको बताइएको छ। प्रहरीले दुर्घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर