नवनियुक्त मन्त्री अनील कुमार सिन्हाद्धारा पदभार ग्रहण

काठमाडौँ असोज ६ । नवनियुक्त मन्त्री अनील कुमार सिन्हाले सोमबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्तिस भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणस र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। पहिले गृहमन्त्री ओमप्रकाश अर्यालको जिम्मामा रहेको कानुन मन्त्रालय प्रधानमन्त्री सुशीला कार्कीले सिन्हालाई सुम्पिएकी हुन्। पूर्वसर्वोच्च न्यायाधीशसमेत रहेका सिन्हा तीन मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारीसहित कार्यभारमा लागेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ