मनसुन न्यून चापीय रेखा हाल सरदर स्थानमा सक्रिय

काठमाडौँ असोज २ । हाल मिनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ भने अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी भूभागमा केही स्थानहरूमा मात्र हल्की वर्षा हुन सक्छ। साथै कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रमा एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ भने बाँकी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ