केपी ओलीमाथि अध्यक्ष पद छाड्न बढ्दो दबाब

काठमाडौँ भदौ ३० । भदौ २३ र २४ मा जेन–जी नेतृत्वको विद्रोहसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र बनेको छ। प्रधानमन्त्री पद गुमाइसकेका ओली अहिले पनि सेनाको सुरक्षा घेराभित्र छन्, र पार्टी काममा फर्किने कुनै निश्चितता छैन।

एमालेका वरिष्ठ नेता तथा पदाधिकारीहरूले नेतृत्व परिवर्तनबारे आन्तरिक छलफल शुरू गरेका छन्। सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकुल बाँस्कोटा जस्ता नेताहरूले ओलीको नेतृत्वमाथि खुला रूपमा प्रश्न उठाइसकेका छन्। उनीहरूको भनाइमा अबको परिस्थितिमा ओली नेतृत्वमा पार्टीले जनसमर्थन पुनः प्राप्त गर्न सक्दैन। जेन–जी विद्रोहको क्रममा पार्टी कार्यालयहरू, नेताहरूका घरहरू जलेका छन्। नेतृत्व सम्पर्कविहीन हुँदा कार्यकर्ताहरू अभिभावकविहीनु महसुस गरिरहेका छन्। महासचिव शंकर पोखरेलले भर्चुअल संवाद थाले पनि त्यो पुग्दो देखिएको छैन।

ओलीमाथिको असन्तुष्टि सार्वजनिक रूपमा बढ्दै जाँदा पार्टी पुनर्गठनको माग समेत चुलिएको छ। स्थायी कमिटी र सचिवालय तहमा औपचारिक छलफल भने अहिलेसम्म भएको छैन। पार्टीभित्रको ठूलो हिस्सा ओलीको स्थानमा नयाँ नेतृत्व खोज्नुपर्ने धारणा बनाउँदै गएको छ। विगतमा दुई पटक हटाइएका ओली यसपटक तेस्रोपटक जनविद्रोहबाट बहिर्गमित भएका हुन्। अब पार्टी सत्ताबाट समेत उनको बिदाइ हुने संकेत एमालेभित्रैबाट देखा पर्न थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ