हाल देशभर मौसममा हल्का परिवर्तन, सामान्य बदलीको प्रभाव

काठमाडौँ भदौ ३० । हाल देशभर मौसम सामान्य रुपमा बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले लुम्बिनी प्रदेशसहित केही स्थानहरूमा वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी प्रदेश र देशका पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानहरूमा पनि वर्षा हुने देखिन्छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुनसक्ने जोखिम छ। त्यस्तै, आज राति पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। अझै, गण्डकी र लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाले जानकारी दिएको छ। मौसममा देखिएको यो बदलीले केही स्थानमा बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले जनतालाई सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ