सुशीला कार्कीको नाममा सहमति स्वागतयोग्य — उपेन्द्र यादव

जनकपुरधाम भदौ २७ । जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादवले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने प्रस्तावलाई ‘अत्यन्त सकारात्मक’ बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यादवले लेखेका छन्, “अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।”

बिहीबार राति शीतल निवासमा जेनजी प्रतिनिधि र उच्च राजनीतिक नेतृत्वबीच भएको छलफलमा अन्तरिम सरकारको सम्भावित नेतृत्वका लागि सुशीला कार्कीको नाममा प्रारम्भिक सहमति जुटेको थियो। यद्यपि, अन्तिम निर्णय भने अझै टुंगो लागिसकेको छैन। वार्तामा संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा दलहरूबीच अझै एकमत बन्न सकेको छैन। आज पनि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल जारी रहेको स्रोतले जनाएको छ। पूर्वप्रधानन्यायाधीशको नाम अगाडि सारिनु न्याय, निष्पक्षता र संविधानप्रतिको प्रतिबद्धताको सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ