सुनको भाउ आकाशियो

काठमाडौँ भदौ २७ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य इतिहासमै पहिलोपटक २ लाख १५ हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुनको मूल्य आज तोलाको २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन ९विहीबार० सोही सुन तोलाको २ लाख १४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। एकै दिनमा १६ सय रुपैयाँको वृद्धि भई आजको दर हालसम्मकै सबैभन्दा उच्च भएको महासङ्घले जनाएको छ। यससँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार चाँदी तोलामा ६० रुपैयाँले बढेर २५६५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदीको मूल्य २५०५ रुपैयाँ थियो। सुनचाँदीको मूल्यमा भइरहेको तीव्र वृद्धिका कारण बजारमा चासो बढेको छ भने उपभोक्तामा भने केही सतर्कता देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ