जेजनी प्रदर्शनका क्रममा देशभरबाट १३ हजारभन्दा बढी कैदी र ५ सय थुनुवा फरार

काठमाडौँ भदौ २६ । मंगलबार देशभरि फैलिएको आन्दोलन र त्यसक्रममा भएको तोडफोड तथा आगजनीले गम्भीर सुरक्षा चुनौती सिर्जना गरेको छ। कारागार प्रशासनका अनुसार यस्तै अव्यवस्थाको फाइदा उठाउँदै देशभरका विभिन्न जेलहरूबाट १३ हजार ५ सय ७२ जना कैदी फरार भएका छन्। साथै, हिरासतमा रहेका थप ५ सय ६० जना थुनुवा पनि प्रहरी निगरानीबाट उम्किएका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार फरार हुनेहरूमा विभिन्न मुद्दामा सजाय काटिरहेका कैदी र अनुसन्धानका क्रममा रहेका थुनुवा दुवै छन्। यसरी एकैदिन ठूलो संख्यामा कैदीबन्दी र थुनुवा फरार हुनु नेपालको कारागार प्रणाली र सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउने विषय बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ