काठमाडौँ भदौ २२ । आज बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १४ सय रुपैयाँले बढेर २ लाख १२ हजार रुपैयाँमा पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भई २५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य वृद्धिले बजारमा लगानीकर्ताबीच उत्साह बढाएको छ भने उपभोक्ताहरूको ध्यान सुनचाँदीतर्फ मोडिएको छ।
प्रतिक्रिया
