मधेशका अर्थमन्त्री यादवको भनाइ – विकास नै समृद्धिको मार्ग

ंजनकपुरधाम भदौ २० । मधेश प्रदेश सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेस रौतहट जिल्ला सभापति सुनिल कुमार यादवले प्रदेश सरकार विकासमार्फत नागरिकलाई समृद्ध बनाउने योजनामा क्रियाशील रहेको बताएका छन्।

कटहरियामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री यादवले समृद्धि हासिल गर्न कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको स्पष्ट पारे। उनले पार्टी संगठनलाई थप सशक्त बनाउन सबै तहका नेता तथा कार्यकर्ता बीच आपसी विश्वास, समन्वय र संवाद अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीको लक्ष्यप्रति एकजुट हुन आग्रह गरे।कार्यक्रममा मन्त्री यादवले प्रदेश सरकारले अघि सारेका विकास योजना र आगामी रणनीतिबारे कार्यकर्तालाई जानकारी गराए। उनले कार्यकर्ताहरूलाई संगठनमा सक्रिय भई पार्टीको मजबूतीका लागि काम गर्न प्रेरित गरे।

कार्यक्रममा नेपाली कांग्रेस कटहरिया नगर समितिका अध्यक्ष शम्भुकान्त यादवको अध्यक्षतामा कार्यकर्ताहरूले आफ्ना गुनासो, समस्या तथा संगठन सुदृढीकरणका विषयमा सुझाव तथा विचार राखेका थिए। स्थानीय नेतादेखि सामान्य कार्यकर्तासम्मको सक्रिय उपस्थिति रहेको कार्यक्रममा सकारात्मक संवादको माहोल देखिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ