कर्मचारीले दलको होइन, कानुनको पालना गर्नुपर्छ : देउवा

काठमार्डाैँ भदौ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी कर्मचारीहरूले कुनै पनि राजनीतिक दलको आदेशमा नभई राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले कर्मचारी प्रशासन राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिए। उनले भने, कुनै पार्टीको लागि होइन, देश र संविधान अनुसार सेवा दिन कर्मचारी प्रतिबद्ध हुनुपर्छ।

कर्मचारी तटस्थता र जनसेवा प्राथमिकता

सभापति देउवाले निर्वाचनमा कसलाई मत दिने भन्ने कुरा व्यक्तिगत स्वतन्त्रता भएको उल्लेख गर्दै, कार्यस्थलमा राजनीतिक निर्देशन पालना गर्नु गलत रहेको प्रष्ट पारे। पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन, देउवाले भने, देशको संविधानअनुसार, जनताको सेवामा काम गर्नुपर्छ। उनले वर्तमान समयमा जनताले छरितो र प्रभावकारी सेवा चाहिरहेको उल्लेख गर्दै, २१औँ शताब्दीको आवश्यकता अनुसार सेवा प्रवाह सुधार गर्न कर्मचारी क्रियाशील हुनुपर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ