काठमाडौँ भदौ १८ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २४८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग आपूर्तिको सन्तुलनले मूल्यमा उतारचढाव ल्याएको हो।
प्रतिक्रिया
