१०० दिनदेखि संसद्‍मा अनुपस्थित: रास्वपा–राप्रपाको निरन्तर बहिष्कार

काठमाडौँ भदौ १८ । प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज आफ्नो आन्दोलनको १०० औं दिन पूरा गरेका छन्। १३ जेठ २०८२ देखि सुरु भएको यो बहिष्कार भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिनको मागसहित निरन्तर जारी छ।

दुवै दलले १५ जेठमा बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछिका सबै बैठकहरूमा भाग लिएका छैनन्। बैठक सुरु भएलगत्तै सांसदहरू उठेर विरोध जनाउँछन्, सभामुखले समय दिएपछि आफ्ना माग राख्छन्, र त्यसपछि बैठक कक्षबाट बाहिरिन्छन्। आजको बैठकमा पनि रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिनको माग दोहोर्‍याउँदै, सरकारको मौनताप्रति असन्तुष्टि जनाए। उनले २०८४ को निर्वाचनमा जनताले बोल्ने विश्वास व्यक्त गर्दै, लोकतन्त्रमा दलीयकरण हावी भएको टिप्पणी गरे।

राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले पनि माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज लाग्न थालेकोू टिप्पणी गर्दै बैठक बहिष्कार जारी राख्ने बताए। यसबीच, जेठमा १९ दिन, असारमा ३२, साउनमा ३१, र भदौ १८ गतेसम्म १८ दिन गरी प्रतिनिधि सभाको १०० दिनको कामकारबाही बहिष्कार गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ