धनुषामा निर्माणस्थलमा करेन्ट लाग्दा कामदारको ज्यान गयो

जनकपुरधाम भदौ १८ । धनुषा जिल्लाको मिथिला नगरपालिका–१० स्थित लालगढमा मङ्गलबार साँझ एक दुखद घटना भएको छ। स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका ४० वर्षीय राजकुमार श्रेष्ठलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

श्रेष्ठको शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमका लागि पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ