काठमाडौँ भदौ १६ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकका प्रावधान संशोधनको माग गर्दै आज जनता समाजवादी पार्टी जसपा नेपालको पार्टी कार्यालय, बालकुमारीमा धर्ना दिएको छ।
महासंघको पहिलो चरणको आन्दोलन कार्यक्रमअन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना बस्दै ध्यानाकर्षण पत्र समेत बुझाइएको महासंघले जनाएको छ। शिक्षक महासंघले शिक्षा विधेयकमा उल्लेख गरिएका शिक्षकको सरुवा, नियुक्ति प्रक्रिया, अनुशासन तथा पेशागत स्वतन्त्रता जस्ता विषयमा आपत्ति जनाउँदै प्रमुख दलहरूको ध्यानाकर्षण गराउने रणनीति अनुरूप धर्ना कार्यक्रम सञ्चालन गरिरहेको छ।
यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी का पार्टी कार्यालयहरूमा पनि यस्तै प्रकारका धर्ना दिइसकेको छ। महासंघले शिक्षा क्षेत्रका सरोकार र शिक्षक अधिकारलाई समेट्ने गरी विधेयक पुनर्लेखन गर्न माग गर्दै सरकार र दलहरूसँग संवादका प्रयास जारी राखेको जनाएको छ।
