जनकपुरमा गणेश विसर्जन क्रममा दुई समूहबीच झडप

जनकपुरधाम भदौ १५ । जनकपुरधाम उपमहानगरपालिका–२० देवरारुपैठामा दुई समुदायबीच भएको झडपमा दुई जनाको सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार, एक जना प्रहरी र एक जना सर्वसाधारण सामान्य घाइते भएका हुन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रु ग्यास प्रहार गरेको छ। नेपाल प्रहरीले ९ र सशस्त्र प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको डीएसपी सिंहले जानकारी दिए।

झडप तब सुरु भएको थियो जब हिन्दू समुदायले गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने क्रममा झन्डा चोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएका दुईवटा हरियो झण्डा हटाउने विषयमा विवाद उत्पन्न भयो। यस विवादले झडपको रूप लिएर स्थानीय क्षेत्रमा तनाव सिर्जना गरेको छ। यद्यपि मूर्ति विसर्जन कार्य पूरा भए पनि झन्डा चोक क्षेत्र अहिले पनि तनावग्रस्त रहेको र बाक्लो मात्रामा प्रहरीले परिचालन गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ