“वीरगन्जमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेद्वारा भव्य सम्मान”

पर्सा भदौ १४ । वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई शनिबार बिहान ९ बजे एमाले नेता र कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका छन्। उद्योग वाणिज्य संघले महिला उद्यमीहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा भाग लिन पुगेकी भण्डारीलाई सिमरा विमानस्थलमा पनि स्वागत गरिएको थियो।

स्थानीय महिलाहरू समेत लामबद्ध भएर पूर्वराष्ट्रपतिलाई सम्मान गर्न उपस्थित भएका थिए। यस भ्रमणमा भण्डारीले राजनीतिक गतिविधिमा आफ्नो सक्रियता कायम राख्ने आशय पनि व्यक्त गरेकी थिइन्। गत असार १४ गते मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा उनले एमालेमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर, एमाले केन्द्रीय कमिटीको निर्णयसँगै उनीलाई राजनीतिमा फर्कन रोकिएको छ।

नेपालको राजनीतिक आकाशमा भण्डारीको गतिविधि अहिले पनि चासोको विषय बनेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ