प्रधानमन्त्री नेतृत्वमा मन्त्री, सांसद र उच्च अधिकारीहरूको चीन भ्रमण सुरु

काठमाडौँ भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ देखि १८ गतेसम्म चीनको पाँच दिने औपचारिक भ्रमणमा जाने भएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उनले भ्रमण टोलीमा विभिन्न मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीहरू सहभागी हुने जानकारी दिएका छन्।

भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र अन्य उच्च पदस्थ कर्मचारीहरू रहनेछन्। प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यो भ्रमण गर्ने बताएका छन्। भ्रमण अवधिभर उनीहरू द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा प्राविधिक सहयोगका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ