प्रधानमन्त्री ओली : हैजा नियन्त्रणका लागि समन्वित सुरक्षा संयन्त्र प्रयोग हुनेछ

काठमाडौँ भदौ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगञ्जमा फैलिएको हैजालाई नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई परिचालन गरिने बताएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको उनले संसदमा जानकारी गराएका हुन्।

स्वास्थ्य मन्त्रालयको समन्वयमा तीनवटै सुरक्षा निकायका नर्स, चिकित्सक तथा आवश्यक उपकरणसहितको टोलीलाई खटाइने तयारी भइरहेको छ। “रोगलाई सकेसम्म छिटो नियन्त्रण गर्न र बिरामीलाई निको पार्न तीव्र ढंगले प्रयास भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने। सरकारले हैजाको स्रोत पहिचान गर्न अनुसन्धान अघि बढाएको जानकारी दिँदै उनले भने, “ढल, खानेपानी वा अन्य कुनै स्रोतबाट फैलिएको हो कि भनेर विस्तृत छानबिन भइरहेको छ।”

प्रधानमन्त्रीका अनुसार, नारायणी उपक्षेत्रीय अस्पतालमा संक्रमितको निःशुल्क उपचार भइरहेको छ। साथै, कोरोनाकालमा नेपाली सेनाले निर्माण गरेको अस्थायी अस्पताल पनि पुनः सक्रिय बनाउने प्रयास भइरहेको उनले जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ