सुनचाँदीको मूल्यमा आज वृद्धि

काठमाडौँ भदौ १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले वृद्धि भई २ लाख ६६ हजार रुपैयाँ पुगेको छ। यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दै गएको र मुद्रा स्फीतिका कारणले गर्दा मूल्य बढेको अनुमान लगाइएको छ। यसले सुनचाँदी व्यवसायीहरूलाई पनि सकारात्मक संकेत दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ