जनता समाजवादी पार्टीका युवा नेता दिपक कुमार यादवको मृत्यु

जनकपुरधाम भदौ १२ । जनता समाजवादी पार्टी जसपा नेपालका वरिष्ठ नेता दिपक कुमार यादव टुटु बाबु को बुधबार विराटनगरमा उपचारका क्रममा निधन भएको छ। उनी सप्तरीको महादेवा गाउँपालिका निवासी थिए र हालै निर्वाचित अध्यक्षका रूपमा सेवा गर्दै आएका थिए। साथै, यादव जसपा नेपालको केन्द्रीय सल्लाहकार समितिका सदस्यसमेत थिए।

उनको पार्थिव शरीर बुधबारै गाउँमा ल्याइएर धार्मिक संस्कार र अन्तिम श्रद्धाञ्जली सम्पन्न गरिएको छ। परिवारका अनुसार, बिहीबार अन्त्येष्टि कार्यक्रम गरिनेछ। उनको निधनले पार्टी र स्थानीय तहमा शोक छाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ