रौतहटकी रुबीको हत्या अभियोगमा थुनामा रहेका लक्ष्मण पासवानको मृत्यु

रौतहट भदौ ११ । रौतहटको चर्चित रुबी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा निधन भएको छ। आत्मदाह प्रयासमा गम्भीर रूपमा जलेका पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दका अनुसार उनको मृत्यु बुधबार भएको हो।

पासवान रौतहटको माधवनारायण नगरपालिका–६ मा नहर नजिकै पेट्रोल छर्केर आगो लगाएको अवस्थामा साढे ६ बजे फेला परेका थिए। गत शनिबार गौर बजार जान भन्दै डेराबाट निस्किएकी २२ वर्षीया रुबी साहको शव सुटकेसभित्र प्याक गरिएको अवस्थामा फेला परेको थियो।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले लक्ष्मण पासवानलाई मुख्य अभियुक्तका रूपमा पहिचान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ