काठमाडौँ भदौ ११ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको छ, जुन मंगलबारको १ लाख ९८ हजार ७०० रुपैयाँभन्दा केही बढी हो। १० ग्राम सुनको मूल्य भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम भएको छ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार तोलामा २ हजार ३४५ रुपैयाँमा झरेको छ। सुनको मूल्यमा यो वृद्धि अन्तर्राष्ट्रिय बजार र स्थानीय माग–आपूर्तिको प्रभावका कारण देखिएको हो भने चाँदीमा भने सानो गिरावट आएको व्यवसायीहरूले बताएका छन्।
