बढ्यो सुनको भाउ, रेकर्ड नजिक

काठमाडौँ भदौ १० । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। सोमबार तोलाको १ लाख ९७ हजार २ सयमा कारोबार भएको सुन आज तोलाको १ लाख ९८ हजार ७ सय रुपैयाँमा पुगेको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर २ हजार ३ सय ६० रुपैयाँ पुगेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभावसहित माग–आपूर्ति तथा मौद्रिक नीतिले सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ