मधेस प्रदेश मुख्यमन्त्री सिंहद्वारा चौरचन र गणेश चतुर्थी पर्वको शुभकामना

जनकपुरधाम भदौ १० । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चौरचन तथा गणेश चतुर्थी पर्वको अवसरमा प्रदेशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमार्फत चौरचन पर्वलाई भक्तिभाव र सांस्कृतिक पहिचानसँग जोडेर यसले समाजमा एकता, आपसी सद्भाव र पारिवारिक आत्मीयता बढाउने माध्यमको रूपमा भूमिका खेलेको बताए। साथै, उनले गणेश चतुर्थी पर्वलाई विघ्नहर्ता भगवान् गणेशप्रति आस्था जगाउने पर्वको रूपमा व्याख्या गर्दै जीवनमा आउने चुनौतीहरूलाई धैर्यता, बुद्धि र सकारात्मक उर्जाबाट सामना गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

शुभकामना सन्देशमा भनिएको छ, “यो दुवै पर्वले दिएको शान्ति, सद्भाव, श्रद्धा र समर्पणको सन्देश हाम्रो समाजलाई अझ सबल, समृद्ध र उन्नत बनाउन सधैँ मार्गदर्शक हुनेछन्।” मुख्यमन्त्री सिंहले भगवान् चन्द्रदेव र भगवान् गणेशको कृपाले सबैमा स्वास्थ्य, समृद्धि, दीर्घायु, आपसी प्रेम र प्रगतिका उज्याला मार्गहरू प्रशस्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ