प्रधानमन्त्री ओली र सुआनबीच आपसी हितका विषयमा कुराकानी

काठमाडौँ भदौ ८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक भेटवार्ता भएको छ।

भेटमा नेपाल–भियतनामबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउने, आपसी सहयोग विस्तार गर्ने, तथा द्विपक्षीय हितका विविध क्षेत्रहरूमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको जनाइएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको ऐतिहासिक अवसरमा उपराष्ट्रपति सुआन नेपाल भ्रमणमा आएकी हुन्। यसअघि आजै उनले नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि भेटवार्ता गरेकी थिइन्।

भियतनामी उपराष्ट्रपति उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार नेपाल आइपुगेकी थिइन्। उनले विभिन्न उच्चस्तरीय भेटघाट, द्विपक्षीय कार्यक्रम र सांस्कृतिक भ्रमणमा सहभागी हुने कार्यक्रम रहेको छ। उनको भ्रमण भदौ ९ गते सम्पन्न हुने तालिका छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ