जनकपुरमा जसपा नेपालको आक्रोशपूर्ण प्रदर्शन, माग पूरा गर्न सरकारलाई चेतावनी

जनकपुरधाम भदौ ८ । गौर हत्याकाण्डसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अनुसन्धान अघि बढाउन दिएको आदेशको विरोधमा जनता समाजवादी पार्टी जसपा नेपालले जनकपुरमा विरोध प्रदर्शन गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव मुछिएको मुद्दामा अदालतको निर्णयलाई अस्वीकार गर्दै आइतबार जनकपुरमा पार्टी कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सर्वोच्च अदालतको आदेशलाई राजनीतिक प्रेरित भन्दै नाराबाजी गरेका थिए। उनीहरूले राजनीतिक प्रतिशोध बन्द गरू, उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गरू लगायतका नारा लगाएका थिए।

सर्वोच्च अदालतले २०६३ साल चैत ७ गते रौतहटको गौरमा घटेको हिंसात्मक घटनामा थप अनुसन्धान गर्न आदेश दिएपछि जसपा नेपाल आक्रोशित बनेको हो। घटनामा केही व्यक्तिहरूको ज्यान गएको थियो भने त्यसमा उपेन्द्र यादव मुछिएको भन्दै मुद्दा पुनः सक्रिय पारिएको छ। जसपा नेपालले अदालतको आदेशलाई लोकतान्त्रिक आन्दोलनविरुद्धको चाल भनेको छ। पार्टीका स्थानीय नेताहरूले सरकार र राज्य संयन्त्रलाई लक्षित गर्दै राजनीतिक हिसाबकिताब मिलाउने प्रयासू भन्दै कडा आलोचना गरेका छन्।

पार्टीले यसअघि पनि विज्ञप्ति जारी गर्दै सो मुद्दालाई राजनीतिक र पूर्वाग्रही रूपमा पुनः उठाइएको आरोप लगाउँदै आएको छ। विरोध प्रदर्शनलाई क्रमशः देशका अन्य ठाउँहरूमा पनि विस्तार गर्ने चेतावनी पार्टीले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ