काठमाडौँ भदौ ६ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी आजपा का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह र अन्य नेताहरुलाई नेकपा एमालेमा स्वागत गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा उपेन्द्र साहसहित आजपाका केहि स्थायी कमिटी सदस्यहरू, पूर्व स्थानीय तहका उपप्रमुखहरू र रौतहट तथा धनुषाका नेताहरू एमालेमा प्रवेश गरेका छन्।
अध्यक्ष ओलीले स्वागत गर्दै भने कि केही समय गलत दिशामा अलमलमा परेकाहरूले अहिले सही घर एमालेमा फर्किएकोमा खुशी व्यक्त गरे। उनले अपराध र झुठको जञ्जालबाट मुक्त भएर देश निर्माणमा सहभागी हुन सबैलाई आग्रह गरे। ओलीले भनिरहेका थिए, “हामी शान्ति, विकास र समृद्धि चाहन्छौं, गलत बाटो छोडौं र मिलेर अघि बढौं।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सम्बन्धमा आएको भ्रमबारे अध्यक्ष ओलीले स्पष्टीकरण दिँदै भने कि राष्ट्रपतिमा हुँदा भण्डारीले आफ्नो पार्टी सदस्यता स्वतः त्यागेकी थिइन्। उनले भनें, “कुनै कर्मचारीलाई झुक्याएर सदस्यता कायम भएको भन्ने कुरा गलत हो। उहाँले पार्टीमा नआइ सदस्यता नवीकरण समेत गर्नुभएको छैन।” कार्यक्रममा उपेन्द्र साहले भने कि प्रभु साह नेतृत्वको आजपाले जनताको हितमा काम गर्न नसकेको उनको अनुभव रहेकाले उनीहरू एमालेलाई आफ्नो नयाँ गन्तव्य मानेका छन्। साहले भने, “जनताको पार्टी एमाले नै हो र हामी त्यहीँबाट देशको सेवा गर्ने लक्ष्यमा छौं।”
यसरी एमालेले नयाँ शक्ति र नेतृत्वलाई समेट्दै आफ्नो पार्टीलाई थप बलियो बनाउने प्रयास जारी राखेको छ।
