प्रतिनिधिसभा बैठक स्थगित, नयाँ मिति भदौ १३ तय

प्रतिनिधिसभाको आजको बैठकपछि सभामुख देवराज घिमिरेले बैठक भदौ १३ गते (आगामी शुक्रबार) सम्मका लागि स्थगित भएको घोषणा गरेका छन्। बैठकमा शिक्षा र भूमिसम्बन्धी दुई विधेयक समितिको प्रतिवेदनसहित पेस गरिएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ समितिबाट फरकमतसहित पारित गरी पेस गरेका हुन्। उक्त विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन्। त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुमदेवी थापाले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को प्रतिवेदन पनि पेस गरिन्। यस विधेयकमा पनि नेकपा माओवादी केन्द्र र रास्वपाले फरक मत राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ