सर्लाहीका कांग्रेस सभापति भ्रष्टाचार मुद्दामा दोषी, राजीनामा पेस

सर्लाही भदौ ६ । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले राजीनामा पत्र बुझाएका हुन्। उनले अदालतको निर्णयलाई मान्यता दिँदै, त्यसले आफूलाई अन्यायू गरे पनि कानुनी र राजनीतिक संघर्ष जारी राख्ने उल्लेख गरेका छन्।२०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह २०७८ साल फागुन २९ गते सर्लाही जिल्ला सभापतिमा निर्वाचित भएका थिए। यसअघि उनी दुई कार्यकाल उपसभापति भइसकेका थिए।

राजीनामा पत्रमा सिंहले भनेका छन्,

“माथि भएको अन्यायको व्यक्तिगत रूपमा कानुनी तथा न्यायिक लडाइँ लडिरहने छु, राजनीतिक लडाइँ पनि जारी रहनेछ। तर अदालतको निर्णय र पार्टीको विधानअनुसार सभापतिको रूपमा जिम्मेवारीमा रहन मिल्दैन।”

उनको राजीनामासँगै सर्लाही कांग्रेसको नेतृत्व रिक्त भएको छ भने जिल्ला राजनीतिमा तरंग सिर्जना भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ