सुनचाँदी महँगियो, लगानीकर्ता सतर्क

काठमाडौँ भदौ ६ । नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो।

नवीन दरअनुसार छापावाल सुन आज तोलाको १,९५,२०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो दर उल्लेखनीय रूपमा बढेको हो। त्यस्तै चाँदीको मूल्य पनि बढेर तोलाको २,३१० रुपैयाँमा पुगेको छ। आज चाँदीको मूल्य २० रुपैयाँले बढेको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य वृद्धिका कारण उपभोक्ता र व्यवसायीक दुबै सतर्क देखिएका छन्। विश्व बजारमा भइरहेको उतारचढाव, डलरको दर र राजनीतिक–आर्थिक संकेतहरूको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ