प्रधानमन्त्री ओली बिरामी, संसद् प्रश्नोत्तर सत्र सञ्चालन हुन सकेन

काठमाडौँ भदौ ४ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि प्रतिनिधिसभाको आजको प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।

नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओली स्वास्थ्यका कारणले प्रश्नोत्तर सत्रमा सहभागी हुन नसक्ने जानकारी प्रतिनिधिसभामा गराएका हुन्। प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ अनुसार, प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तर सत्र सञ्चालन गर्ने व्यवस्था छ। त्यसअनुसार भदौ महिनाको सत्र बुधबार सञ्चालन हुने तय थियो।

प्रधानमन्त्री अनुपस्थित भएपछि कार्यक्रम स्थगित गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ