सुनचाँदी सस्तियो, बजार मूल्य घट्दै

काठमाडौं भदौ ४ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घटेर हाल रु। १,९३,५०० मा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी ४५ रुपैयाँले घटेर प्रतितोला रु। २,२५५ मा झरेको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा समेत असर पुर्‍याएको देखिन्छ।

धातुको मूल्य घटेसँगै उपभोक्तालाई केही राहत हुने देखिए पनि व्यापारीहरू भने बजारमा स्थायित्व नआउँदासम्म सतर्कता अपनाइरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ