६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द, अमेरिका भिसा नीतिमा कडाइ

काठमाडौँ भदौ ३ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित बसाइँ अवधि नाघ्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। मन्त्रालयका अनुसार तीमध्ये करिब ४ हजार विद्यार्थीलाई विभिन्न आपराधिक गतिविधि र नियम उल्लंघनका कारण भिसा रद्द गरिएको हो।

विदेश मन्त्रालयका दाबी अनुसार, यसमा लागूपदार्थ सेवन गरी सवारी चालक अनुमतिविना गाडी चलाउने, चोरी र अन्य आपराधिक घटनामा संलग्न हुनेहरू पनि छन्। त्यस्तै, करिब २०० देखि ३०० विद्यार्थीलाई आतंकवादसँग सम्बन्धित ठहरिएपछि आईएनए थ्रीबी अनुसार भिसा रद्द गरिएको छ।

यो कदम पूर्व राष्ट्रपति ट्रम्प प्रशासनको कडा आप्रवासी नीतिको हिस्सा हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूप्रति पनि कडा कारवाही गरिएको थियो। बीबीसीका अनुसार ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीमाथि यहूदी विरोधी गतिविधि गरेको आरोप लगाएर कारवाही गरेको छ। विदेशी विद्यार्थीहरूमा भिसा रद्द हुनुले अमेरिका–विदेशी सम्बन्ध र विद्यार्थी जीवनमा चुनौती थपिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ