भिटामिन डी को कमीले रवि लामिछानेको स्वास्थ्यमा असर

काठमाडौँ भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको शरीरमा भिटामिन डी को कमी देखिएको छ। सोमबार अचानक अस्वस्थ भएपछि उनलाई वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो जहाँ चिकित्सकहरूले रगत परीक्षण गरेका थिए।

रगत परीक्षणको नतिजा अनुसार लामिछानेमा भिटामिन डी को कमी पाइएको हो। डा। जितेन्द्रप्रसाद यादवबाट प्राप्त जानकारीका आधारमा रास्वपा प्रवक्ता मनिष झाले बताएअनुसार लामिछानेको स्वास्थ्यमा केही सावधानी अपनाउनुपर्ने देखिएको छ।

डा. यादवका अनुसार लामिछानेलाई च्गउबलमभजष् कारागारमा १२६ दिनसम्म थुनिएर रहँदा घामको पर्याप्त भहउयकगचभ नपाएको, ताजा हावा नपुगेको र शारीरिक गतिविधिमा कमी आएपछि शरीरमा भिटामिन डी को स्तर घटेको हुनसक्छ। डा। यादव सोमबार नै उनलाई स्वास्थ्य सल्लाह दिन नख्खु कारागार पुगेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ