रवि लामिछानेको स्वास्थ्यमा अचानक समस्या, चिकित्सकको निगरानीमा

काठमाडौँ भदौ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार पुगेर लामिछानेलाई भेटेका थिए। भेटका क्रममा लामिछानेको छालामा पहेँलोपन देखिएपछि स्वास्थ्य जाँचको सिफारिस गरिएको थियो। ‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि भन्ने आशंका गरिएको छ,’ प्रवक्ता झाले भने, ‘त्यसैले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो।’ हालसम्म लामिछानेको रगत परीक्षणको रिपोर्ट आइसकेको छैन।

दुई दिनअघि मात्रै उनलाई भैरहवा कारागारबाट स्थानान्तरण गरी ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो। हाल उनी करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा बस्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ