काठमाडा भदौ १ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आजै काठमाडौं आएका मिश्रीले आगमनकै दिन राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
नेपाल–भारत सम्बन्ध सुदृढीकरण, क्षेत्रीय सहयोग, र आपसी चासोका विषयमा केन्द्रित रहेर वार्ता भएको जनाइएको छ। सचिव मिश्रीले सोमबार पशुपतिनाथको दर्शन गरी भारत फर्किने कार्यक्रम तय गरिएको छ। नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा प्रमुख दलका नेतासँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ।
