पर्साबाट पत्नी हत्या गरी फरार भएका युवक पक्राउ

पर्सा भदौ १ । काठमाडौँ महानगरपालिका–२६ स्थित गोङ्गबुको गेस्ट हाउसमा पत्नीको हत्या गरी फरार भएका युवकलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। पक्राउ पर्ने युवक काभ्रे भुम्लु घर भई बुढानीलकण्ठ–२ बस्ने सन्तोष सेन्चुरी हुन्।

साउन २७ गते सन्तोष सेन्चुरीले आफ्नी २७ वर्षीया पत्नी ललिता विकलाई ‘घुम्न जाऊँ’ भन्दै कञ्चन कोशी होटल एन्ड लजमा लगेर हत्या गरेका थिए। घटना लुकाउन उनले बक्स पलङमुनि शव लुकाएर छोडेका थिए र साउन २८ मा प्रहरी वृत्त महाराजगन्जमा ‘मानिस हराएको’ हुलिया समेत दिएका थिए।

तर, साउन ३० गते राति गेस्ट हाउसमा शव फेला परेपछि प्रहरीले अनुसन्धान तीव्र बनायो। फरार भएका सेन्चुरी पर्सा पुगेका थिए जहाँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी काठमाडौँ ल्याउँदै छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ र अभियुक्तलाई कानूनको दायरामा ल्याउने कार्य जारी छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ