मन्त्री यादवसँग भारतको विशेषज्ञ टोलीको औपचारिक वार्ता

काठमाडौँ साउन ३१ । खानेपानी मन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी संकटको दीर्घकालीन समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ। शुक्रबार खानेपानी मन्त्रालयमा आयोजित यस बैठकमा भारत सरकारको टोलीले स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन प्रस्तुत गर्दै समस्या समाधानका लागि आवश्यक कदमहरूबारे विस्तृत जानकारी दिएको छ।

खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठका अनुसार, विज्ञ टोली साउन २७ गतेदेखि तराई–मधेसका संकटग्रस्त जिल्लामा पुगेर अनुगमन गरेको थियो। तयार पारिएको प्रतिवेदनलाई आधार बनाएर समस्या समाधानका लागि नेपाल सरकार र खानेपानी मन्त्रालयले ठोस योजना अघि बढाउने बताए। मन्त्री यादवले भने, “खानेपानी संकटको समयमा भारत सरकारको सहयोग र विज्ञ टोलीको प्रयासको हामी विशेष आभार व्यक्त गर्दछौँ। यस सहकार्यबाट मधेश प्रदेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धता छ।”

भारतीय टोलीका प्रतिनिधि तथा देहरादून क्षेत्रीय निर्देशक प्रशान्त राइले पनि संकटग्रस्त क्षेत्रमा गरिएको निरीक्षण र प्रतिवेदन तयारीको बारेमा जानकारी दिँदै भने, “हामीले समस्या र समाधानका लागि आवश्यक कार्ययोजना तयार गर्दैछौँ र यसमा नेपालको समन्वयलाई अझ सशक्त बनाउने छौँ।” तराई–मधेसको खानेपानी संकटलाई दीर्घकालीन रूपमा समाधान गर्न नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी बनाउन यस प्रकारको वार्ता र अनुगमनलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ