सर्लाही साउन ३१ । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार साँझ अज्ञात व्यक्तिबाट भएको गोली प्रहारमा ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ। प्रहरीका अनुसार यादव आफ्नै घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले सोधपुछ गर्दै टाउकोमा गोली हानेका थिए।
गम्भीर घाइते यादवको उपचारका क्रममा महोत्तरीको एक स्वास्थ्य संस्थामा ज्यान गएको हो। प्रहरीका अनुसार एक जना आक्रमणकारी घाइते अवस्थामा पक्राउ परेका छन् भने अर्का फरार छन्। घटनाका दोषी पहिचान भइसकेको जनाइएको छ।
प्रतिक्रिया
