प्रचण्डको अपिल: विदेश जान होइन, देश बनाउन अग्रसर बनौं

काठमाडौँ साउन ३० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा युवाहरूमा विदेश मोहभन्दा देशमै केही गर्ने चाहना बढ्दै गएको बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका विभिन्न ठाउँको भ्रमणका क्रममा धेरै युवाहरू रोजगारी सिर्जना गर्न स्वदेशमै जुटिरहेको अनुभव सुनाए। देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ, प्रचण्डले जोड दिए। उनले युवाहरूलाई स्वदेशमै अवसर खोज्न र आफ्नै सीपलाई प्रयोगमा ल्याउन प्रोत्साहन दिन आवश्यक रहेको उल्लेख गरे। “विदेश जाने मनोवृत्तिलाई बिस्तारै परिवर्तन गर्नुपर्छ,” भन्दै उनले देशको प्रकृति, संस्कृति, इतिहास र विविधताले नै नेपाललाई विशेष बनाएको बताए।

“संसारमा यति विविधता कमै देशमा भेटिन्छ”

प्रचण्डले नेपालमा उपलब्ध स्रोतसाधन, सांस्कृतिक सम्पदा, जातीय र भाषिक विविधता जस्ता पक्षले अपार सम्भावना बोकेको बताए। उनले भने, “हाम्रो प्रकृति, संस्कृति, जाति र भाषाले धेरै चिज दिएको छ, जुन अरू देशमा भेटिँदैन।” उनको धारणा अनुसार अबको युग स्वदेशमा श्रम, सीप र सम्भावनालाई सदुपयोग गर्ने युग हो। विदेश पलायन कम गर्दै देशभित्र रोजगारी सिर्जनामा जोड दिनुपर्ने उनको आग्रह थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ